महाधिवेशनमा सहमतिका लागि दबाब नदिने एमाले अध्यक्ष ओलीको भनाइ

८ मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताउनु भएको छ ।

मंगलबार सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताउनु भएको छ । अध्यक्ष ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताउनु भयो । ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताउनु भएको हो । उहाँले दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरि नसकेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाउनु भएको प्रतिक्रिया समेत दिनुभयो । उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पार्नु भयो । ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा महाधिवेशन गर्न चुनौती नै दिनुभयो । अध्यक्ष ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.