सुनको भाउ आज पनि घट्यो

८ मंसिर काठमाडौं । सुनको भाउ आज पनि घटेको छ ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । मंगलबारे सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन ।

तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भएको छ । हरेक दिन अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.