बेदकोट नगरपालिकाका मेयर चन्दबाट एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

९ मंसिर, काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मेयर चन्दले सुदरपश्चिम भूगलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

मेयर चन्दले देशभरका किसानका मुद्दालाई पार्टी र राज्यको केन्द्रीय तहमा स्थापित गर्न आफुँले बिभिन्न एजेण्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । चन्दले पार्टीमा गरेको योगदान तथा बेदकोट नगरपालिकामा गरेको विकासले उहाँ लोकप्रीय नेताको रुपमा स्थापित हुनुभएको छ । यहि मंसिर १० गते चितवनमा हुन गइरहेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा भिड्नु हुनेछ । उहाँले आफुलाई अमूल्य मत दिएर विजयी गराउन समेत अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.