नेकपा एमालेको केन्द्रीय सदस्य पदमा युवा नेता अशोककुमार चन्दको उम्मेदवारी ।

९ मंसीर, कञ्चनपुर । कञ्चनपुरका युवा नेता तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूगोलतर्फ उम्मेदवारी दिन लागेका हुन् । २०४६ सालदेखि राजनीतिमा लागेका चन्द मिलनसार र विकासवादी मेयरका रुपमा चिनिन्छन् । उनी विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन् । २०५६ सालदेखि एमाले युवा संगठन युवा संघ नेपालमा आवद्ध भए । युवा संघको दुई कार्यकाल सचिव र जिल्ला अध्यक्ष भएर संगठन निर्माणमा जुटेका चन्द युथ फोर्सको नेतृत्व गर्दै युवा संघ नेपालको केन्द्रिय सचिवसमेत भए ।

२०६६ सालदेखि पार्टीको सचिवालय सदस्य भएर काम गरेका चन्द ०७५ सालमा पार्टीको सुदूरपश्चिम प्रदेश सदस्य भए । बेदकोटका नगर प्रमुख (मेयर) चन्द नेपाल नगरपालिका संघको केन्द्रीय समितिको सचिवालय सदस्य, अन्तर सरकारी बित्त परिषद्को सदस्य पदमा रहेर काम गरिरहेका छन् ।

उनले कञ्चनपुरमा विवादरहीत मेयरको परिचय बनाएका छन् । युवा पुस्तालाई नेतृत्व गर्न दिनुपर्ने उनी बताउँछन् । ‘युवाले नेतृत्व गर्न चाहन्छ, हस्तक्षेप होइन,’ चन्दले भने, ‘एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अहिलेको नयाँ पुस्ताको तर्फबाट सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको छु ।’ एमाले महाधिवेशनमा युवामा आशा जोगाउने र पाकाहरुलाई पार्टी प्रति भरोसा दिलाउने उनी बताउछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.