बुद्धकालीन शिक्षालाई विद्यालयदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई

१७ मंसिर,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तह सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको हो । उहाँले जमिनमुनि दबिएका पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तुहरु अझैसम्म फेला परिरहेको उल्लेख गर्नु भयो ।

उहाँले लुम्बिनी विकास गुरुयोजना चाडैँ कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.