बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

२१ मंसिर,बैतडी । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो ।

अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीप चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.