गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.को भनाई

२१ मंसिर,काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभएको छ ।

मोर्चाका अध्यक्ष केसीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्तारुढ पार्टी भाजपा, पूर्व राजा ज्ञानेन्द्र, राप्रपा र नेकपा एमाले गणतन्त्र र धर्म निरपेक्षता विरुद्ध एकजूट भएको आरोप लगाउनुभयो ।

त्यस्तै, महाधिवेशनबाट शक्तिशाली अध्यक्ष बनेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि भाजपासँग निकट बनेको दाबी गर्दै एमालेले बहुमत ल्याएको अवस्थामा मुलुकमा प्रतिगमनको खतरा बढ्ने पनि केसीले जिकीर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.