आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

२१ मंसिर,काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले १९ सय ९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो । नेपालमा सन् १९ सय ५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । प्राधिकरणको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अहिले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

साथै निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र निगमलाई पनि आर्थिक रूपमा नाफा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.