माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयन गर्न सकस

२१ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रलाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ ।

देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७ सय ५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले कास्कीका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन । मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।

पोखरा महानगरको बुधबार कमिटीको बैठक बसेर नेतृत्व चयनको प्रयास गरिने माओवादीले जनाएको छ । यही मङ्सिर २५ गते माओवादीले देशका सातवटै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्न लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.