मंगलबार सुनचाँदीको मूल्यमा गिरावट

२१ मंसिर,काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैंयाले घटेको हो । हिजो प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ८ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैंया कायम भएको हो । चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले घटेको छ चाँदीको मूल्य आज तोलाको १ हजार १ सय ९० रुपैंया कायम भएको महासंघले जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.