प्रदेश २ को नामाकरण विषयमा राजनीतिक दलहरू सहमति नजिक

२२ पुष,काठमाडौं । प्रदेश २ को नामाकरण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् ।

प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक फरक प्रस्ताव दर्ता गराएका थिए । प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नतिजाको पर्खाइ छ ।

जसपा, लोसपा र माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेशको प्रस्ताव गरेका छन् भने काँग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । विशेष समितिको बैठकमा काँग्रेसका प्रमुख सचेत उपेन्द्र कुश्वहाले आफूहरुले प्रस्ताव छोडन तयार रहेको र सिंगै मधेस प्रदेश नभई त्यसको अगाडि वा पछाडि केहि थप्नुपर्ने सर्त अघि सारेका छन् । विपक्षी दल एमालेले पनि सत्तारुढ दलहरूबीच मधेस प्रदेशमा सहमति भएमा आफ्नो पार्टीको पनि सर्मथन रहेको संकेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.