प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित

२२ पुष,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ।

गुजरात सरकारले ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ । आउँदो सोमवारदेखि बुधवारसम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतवार गुजरात जाने तयारीमा हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.