त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

७ माघ,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । बिहिबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए–नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिनुभएको थियो । काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.