शुक्रबारदेखि मौसममा सुधार आउने

७ माघ,काठमाडौं । शुक्रबारदेखि मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमी प्रणाली कमजोर हुँदै जाने र शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.