युक्रेनको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

७ माघ,काठमाडौं । रसियाली प्रशासनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेलो सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।

रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिक लगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्रालयले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् । पछिल्लो समय युक्रेन विवाद झनै बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.