नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

७ माघ,काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको माओवादीको केन्द्रीय कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक भने स्वास्थ्य मापदण्ड पालना शनिबार बिहान बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.