आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदै

१२ माघ,काठमाडौं । आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
आजदेखि स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई पनि प्रवेश दिने तयारी छ । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्