भिजिट भिसामा खाडी मुलुक जान लागेका १० जना फिर्ता

१६ माघ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा मलेसिया, कम्बोडिया र दुबई जान लागेका १० जनालाई फिर्ता गरेको छ ।

त्रिअबी अध्यागमन कार्यालयले शनिबार बिहान उनीहरुलाई प्रस्थान अनुमति नदिएको हो । उनीहरु कसैले पनि अध्यागमन अधिकृतसमक्ष भिजिट भिसामा जानुको औचित्य पुष्टि गर्न सकेनन् । गृह मन्त्रालयलेसमेत भिजिट भिसामा रोक लगाएको छ । भिजिट भिसामा जान गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि त्यस्ता यात्रुहरुलाई अध्यागमन कार्यालयले फिर्ता गरेको बताइएको छ ।
मलेसिया, खाडी मुलुक लगायत अन्य केही मुलुकमा मानव तस्करहरुले भिजिट भिसामा नेपालीहरुलाई पु¥याएर अलपत्र पारेको भन्दै गृह मन्त्रालयले कडाइ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.