खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन

१७ माघ,काठमाडौं । अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ ।
फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ । प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
रक्षामन्त्री अनिता आनन्दले ती घटना ‘निन्दनीय’ भएको बीबीसीले जनाएको छ । राजधानी सहरमा स्मारक तोडफोड गरेको विषयमा ओटावा प्रहरीले अनुसन्धान गरिरहेको छ । ट्रक चालकहरुले संसद भवन वरपर ट्रक तेर्साएर राखेका छन् । क्यानडा सीमा पार गर्ने १ लाख २० हजार ट्रक चालकमध्ये ९० प्रतिशतले खोप लगाइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्