भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त

१८ माघ,काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् ।

उनी नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिकी क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासा–नायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए ।

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी–२० सिरिज खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.