प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता

२७ माघ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरे पनि कोइरालाले गठबन्धन नगर्ने बताएका कोइरालाको सचिवालयले जनाएको छ । यस्तै, कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
प्रचण्डलाई भेट्न बिहान कांग्रेस नेता कोइराला खुमलटार पुग्नु भएको थियो । यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्