नेपाल राष्ट्र बैंकद्वारा ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ

२७ माघ,काठमाडौं । नेपाल राष्ट्र बैंकले सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ ।
केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो । बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ ।
बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शतप्रतिशतसम्म ’क्यास मार्जिन’ लिन बैंकहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, रक्सी तथा भिनेगर, निजी गाडी (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् ।
प्रतिक्रिया राख्नुहोस्