संगठन सुदृढीकरणमा राप्रपाको जोड

२८ माघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ ।
पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बैठक गरिनेछ भने आगामी फागुनदेखि ७७ वटै जिल्लामा सानाठूला २०० भन्दा बढी आमसभा तथा सभाहरू गर्ने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, अध्यक्ष राजेन्द्र लिङ्देनले संगठनलाई चलायमान र मजबुत बनाउन देश दौडाहा पनि गर्नुहुने भएको छ । जसअनुसार आज अध्यक्ष लिङ्देन गृह जिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रम र प्रदेश १ का नेता कार्यकर्ता भेटघाट र बैठकहरूमा सहभागी हुने जनाइएको छ । यता राप्रपा परित्याग गर्नुभएका कमल थापाले पनि देश दौडाहा थालिसक्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्