एमसीसी सम्झौता सहमतिका लागि आज सत्ता गठबन्धनको बैठक बस्दै

५ फाल्गुन,काठमाडौं । एमसीसी सम्झौता सहमतिका लागि आज सत्ता गठबन्धनको बैठक बस्दै छ ।

एमसीसीको विषयमा गठबन्धनबीच कुरा नमिल्दा बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन सकेको थिएन । काँग्रेस एमसीसी पास गर्नुपर्ने रणनीतिमा छ भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी यथास्थितीमा एमसीसी अनुमोदन गर्न नसक्ने पक्षमा उभिएको छ । बुधबार त माओवादीले एमसीसीको विषयमा जबरजस्ती गरे गठबन्धन नै तोड्ने तथा सरकारबाट बाहिरिने अभिव्यक्ति दिएको थियो ।

एमसीसीको विषयमा गठबन्धनबीच पटक पटक भेटवार्ता तथा छलफल हुँदा पनि सहमति ज्ट्न सकेको छैन । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनबीच मतभेद कायम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.