सञ्चारउद्यमी तथा विज्ञापन व्यवसायी लामिछाने जसपामा

नेपाली सञ्चारमाध्यममा लामो समयदेखि क्रियाशील सञ्चारउद्यमी विकास लामिछाने जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । २०५६ सालदेखि भूमीगत अवस्थामा रहेको माओवादीको विद्यार्थी फाँटमा रहेर काम गरेका लामिछाने जनता समाजावदीमा प्रवेश गरेका हुन् । संविधान सभा अघि माओवादी पार्टी खुला राजनीतिमा प्रवेश गरेपछि लामिछाने सञ्चारकर्ममा अघि बढेका थिए । झण्डै डेढ दशकदेखि विज्ञापन व्यवासयमा संलग्न लामिछाने सञ्चारमाध्यममा पनि आवद्ध छन् । अहिले भने उनी मिडिया मन्त्र नामक एजेन्सी सञ्चालन गर्छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमकाबीचमा लामिछानेको नेतृत्वमा ३५ जना जसपामा प्रवेश गरेको जनाइएको छ । लामिछानेको नेतृत्वमा, गौतम लामिछाने, रोशन बस्नेत, टिका सिम्खडा, सञ्जु राई, विक्की लामा, मिङ्मा छिरिङ लामा, अशोक लामा, रुशेस लामासहित ३५ जनाले जसपाको सदस्यता लिएका हुन् ।

कार्यक्रममा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नव प्रवेशीहरुलाई स्वागत गर्दै समसामयिक राजनीतिक घटनाक्रममा विषयमा धारणा राखेका थिए । उनले नव प्रवेशीहरुलाई उनीहरुको क्षमता अनुसार पार्टीमा जिम्मेवारी दिने पनि प्रतिवद्धता व्यक्त गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अहिले राष्ट्र गम्भीर मोडमा पुगेको भन्दै यसका लागि सबै मिलेर निकास दिनुपर्नेमा जोड दिए । एमसीसीका कारण अहिले मुलुक दुई ध्रुवमा विभाजित भएको बताउँदै विकासका लागि एमीसी संसदबाट पारित गरेर कार्यान्व्यनमा जानुको विकल्प नभएको बताए । नव प्रवेशीको तर्फबाट धाराण राख्दै विकास लामिछानेले अहिलेको अवस्थामा जसपाले राजनीतिकरुपमा आफूलाई अगाडि बढाएकाले पार्टी प्रवेश गरेको बताए । आज प्रवेश गर्नेहरु मध्येमा विकास लामिछानेलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.