बिमस्टेकलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शन प्रवर्द्धन गर्नुपर्छ – प्रधानमन्त्री देउवा

बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा देउवाको जोड

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) गतिशील बनाउनुपर्ने बताउनु भएको छ । श्रीलंकाको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै देउवाले बिम्स्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवर्द्धन गर्नु अपरिहार्य भएको बताउनु भएको हो । देउवाले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी संगठनलाई नवजीवन दिनुपर्ने समेत बताउनु भयो । प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनु भयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू भएको हा । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.