जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ हुने

२२ चैत्र, काठमाडौं । जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ हुने भएको छ । मंगरबार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले कार्यक्रम बारे जानकारी दिएको हो । नेपालमा लगानीको सम्भावना बारे अध्यन गर्न तथा युवाहरुलाई लगानीप्रति आकर्षित गराउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि लगानीकर्ताको अनुभव पनि आदानप्रदान गरिने छ । इन्भेष्टमेन्ट कन्फेरेन्समा लगानी क्षेत्रका विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । चैत्र २७ र २८ काठमाडौंको भृकुटीमण्डप स्थीत नेपाल पर्यटन बोर्ड सभाहलमा कार्यक्रमको आयोजना हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.