वीर अस्पतालमा आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन : मन्त्री खापुङ

१२ साउन, काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरि फिर्ता गर्न नहुने बताउनुभएको छ । वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी अस्पतालप्रति नागरिकको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री खापुङले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च कदर गर्दै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्योपचारलगायतका सेवा पुर्याउनुपर्ने बताउनुभयो । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्