एन प्लस प्रोफेसनलले मिस्टर मोडल अफ वर्ल्ड गर्दै

२२ साउन, काठमाडौं । भारतीय प्रख्यात सौन्र्दय सामाग्री एन प्लस प्रोफेसनले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२’ नामक ब्युटी प्याजेन्ट गर्ने भएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एन प्लस प्रोफेसनका ब्राण्ड एम्बासडर विना श्रेष्ठ र आयोजक संस्थाबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
‘एन प्लस प्रोफेसनले मिस्टर मोडल अफ द वल्र्ड नेपाल २०२२’ अन्र्तराष्ट्रिय स्तरको फ्रेन्चाइज इभेन्ट भएकाले यस इभेन्टमा एन प्लस प्रोफेसनल जोडिन पाउँदा खुसी लागेको एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर विना श्रेष्ठले बताइन् ।
आउँदो भाद्र १८ मा हुने फाइनल कार्यक्रमका लागि एन प्लस प्रोफेसनलको तर्फबाट नन्दीनी हर्बल केयरका नेपालका कन्ट्री म्यानेजर पदम शर्मा, कम्पनीका प्रबन्ध निर्देशक हितेष लिम्बानी तथा ब्राण्ड एम्बासडर विना श्रेष्ठको उपस्थति रहने छ । प्रतियोगितामा देशभरका युवाहरु सहभागि ह्ुनेछन् । उकृष्ट हुने प्रतियोगिले बैंककमा हुने मिस्टर मोडल अफ द वल्र्डमा अन्य देशबाट आएका प्रयोगिहरुसँग प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया राख्नुहोस्