सौन्दर्यकर्मी करुणाले गरिन् आरबि ब्युटी पार्लरको उद्घाटन

२७ साउन, काठमाडौं । हिजोआज महिलाहरु आत्मनिर्भर हुने क्रम बढ्दो छ । अहिले महिलाहरु सानो आफनो ब्यक्तिगत खर्च मात्र नभई आफना आधारभुत आवश्यकता पुरा गर्न अवस्थामा पुगेका छन् । पछिल्लो समयमा महिलाहरुको आत्मनिर्भरताको बलियो माध्यम बनेको छ ब्युटि पार्लर अर्थात महिलालाई सुन्द्ररी बनाउने पेसा । थोरै लगानी, अनुकुलता अनुरुप काम गर्न सकिने भएकाले पनि सौन्दर्य क्षेत्रमा काम गर्न महिलाहरुको आकर्षण बढ्दो छ । यसैबिच सौन्दर्यकर्मी सुस्मिता गुरुङले काठमाण्डौको ठुलोभर्याङ्गमा आरबि ब्युटी प्यालेस एण्ड कस्मेटिक पार्लर सुरुवात गरेकी छिन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सौन्दर्यकर्मी करुणा पुरीको प्रमुख आतिथ्यतामा पार्लरको उद्घाटन गरिएको छ ।

सिटीईभिटीबाट सौन्दर्य सम्बन्धी ज्ञान हाशिल गरेर सितापाईलास्थित करुणाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा सौन्दर्य शिक्षामा डिप्लोमा गरेकी सुीस्मताले नेपाली नारीहरुको महान् चाड तीजको अवसर पारेर पार्लरको सुरुवात गरेको बताइन् । पार्लरमा अनुहार , छाला तथा कपालका सम्पुर्ण सौन्दर्य सेवा उपलब्ध छ । साथै उनले पार्लरमा आएर सेव गर्न अवसर दिन सबै ग्राहकहरुमा अपील गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.