टिभी टुडेकर्मी विना श्रेष्ठ र विष्णुमाया पौडेल सम्मानित

५ भाद्र २०७९,काठमाण्डौ। टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ र टिभी टुडेकी कार्यक्रम संचालिका विष्णुमाया पौडेल सम्मानित हुनु भएको छ । सहारा महिला समाजको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष महोत्सव २०७९ सम्मान, शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रममा विगत लामो समयदेखि संचार क्षेत्रमा योगदान पुर्याएको भन्दै सहारा महिला समाजले संचारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको हो

संचारकर्मी श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाकी उप मेयर सुनिता डंगोल र सहारा महिला समाजकी अध्यक्ष बिना दाहालले संयुक्त रुपमा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मानित संचारकर्मी श्रेष्ठ विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । श्रेष्ठ टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता र एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर पनि हुनुहुन्छ । त्यस्तै संचारकर्मी पौडेल टिभी टुडे टेलिभिजनको चर्चित कार्यक्रम लोक आवाजकी प्रस्तोता तथा गायिका  हुनुहुन्छ । कार्यक्रम काठमाडौं कलंकी स्थित खाँडादेवी फुडल्याण्डमा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.