गठबन्धन आजको आवश्यकता भएको कांग्रेस नेता कोइरालाको दाबी

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आउँदो चुनावमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको जिकिर गर्नुभएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आइतवार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टी गठबन्धन गरेर चुनावमा जाने भएको र यो जरुरी रहेको बताउनुभयो । नेता कोइरालाले आउँदो सङ्घीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो । उहाँले कांग्रेसले २०७४ सालको चुनावमा सङ्घीय संसद् र प्रदेश सभामा विजयी भएका ठाउँ आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नुभयो । नेता कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै नागरिकप्रति उत्तरदायी भएर उनीहरूको काम छिटो गर्न पनि सुझाव दिनुभयो । उहाँले नागरिकसँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले आउँदो चुनावबाट देशमा दण्डहिनताको अन्त्य चाहेको धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आउँदो चुनावमा नागरिकको घरघरमा पुगी उनीहरूको मन जितेर मत माग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.