मेयरदेखि मन्त्रीसम्मले चुनावमा पक्ष विपक्षमा प्रचार गर्न नपाउने

१४ भदौ, काठमाडौं । मन्त्री र मेयरले चुनावमा प्रचार गर्न नपाउने भएका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मन्त्री र मेयरले प्रचारप्रसार गर्न नपाउने भएका हुन्।निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता २०७९ मा संघ र प्रदेशका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले पक्ष विपक्षमा प्रचार गर्न नपाउने उल्लेख छ। निर्वाचन आचारसंहिताले बजेट तथा कार्यक्रम, नयाँ नीति लगायतका कार्यक्रम पनि घोषणा गर्न सरकारलाई बन्देज लगाएको छ।
योजनाको शिलान्यास, उद्घाटन र निरीक्षण गर्न पनि आचारसंहिताले रोक लगाएको छ। यस्तै, चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलले जुलुस तथा आमसभामा दल वा उम्मेदवारको झण्डा अंकित लोगो पनि लगाउन नपाउने भएका छन्। राजनीतिक दलले प्रचारप्रसारको लागि दुई जनाको नाम आयोगमा बुझाउनु पर्नेछ। आयोगले अनुमति दिएको प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने छन्। तर, मन्त्री र स्थानीय तहका पदाधिकारीलाई भने मुख्य प्रचारक बनाउन नमिल्ने आयोगले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्