भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

१९ भदौ , काठमाण्डौ । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ । दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मान ग्रहण गर्नु भएको थियो । मानार्थ महारथी सम्मान राष्ट्रपतिले प्रदान गर्ने चलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.