बिजुली बेच्ने जमाना गयो, अब प्रयोग गर्ने हो : अर्थमन्त्री शर्मा

२४ भदौ, काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाउनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताउनुभयो । पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्