परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता लीबीच भेटवार्ता

२८ भदौ, काठमाण्डौ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मङ्गलवार दिउँसो भएको भेटवार्तामा नेपाल र चीन दुवै देशका अन्य विशिष्ट कर्मचारीसहितको प्रतिनिधिमण्डल सहभागी थियो । खड्का र चान्सुले आपसी हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले नेपाल–चीन नाकामा देखिएका समस्या समाधानतर्फ पनि चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको ध्यानाकर्षण गराउनुभएको थियो । सोमवार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्