विना श्रेष्ठ, दिक्पाल तथा मिलिनियमले गरे सरला ब्युटी केयरको उद्घाटन

९ असोज, काठमाडौं । शनिबार भक्तपुरको सिद्धपोखरीमा एक कार्यक्रमको आयोजना गर्दै सरला ब्युटी केयर तथा मेकअप स्टुडियो उद्घाटन गरेको हो । संचारकर्मी तथा टिभी टुडे टेलिभिजनकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ, मोडल तथा कोरियो ग्राफर डाः दिक्पाल कार्की त्यसैगरी एन प्लस प्रोफेसनल मिस्टर मोडल अफ द वल्ड विजेता मिलिनियम तण्डुकार शाहले सरला ब्युटी केयर तथा मेकअप स्टुडियोको रिबन काटेर समुट््घाटन गर्नुभएको हो ।
सीटीईभीटीबाट मान्यता प्राप्त यस ब्युटी केयर तथा मेकअप स्टुडियोलाई सौन्दर्यकर्मी सरला बातीले संचालनमा ल्याउनु भएको हो । सरला विगत सात वर्षदेखि सौन्दर्य पेसामा आवद्ध रहनु भएको छ ।
भक्तपुरबासीलाई पाईक पर्ने स्थानमा नेपालीहरुको महान चाड दशैंको छेको पारेर संचालनमा ल्याएको यस सरला ब्युटी केयर तथा मेकअप स्टुडियोमा मेकअप, हेयर, नेल आर्ट, माईक्रो ब्लेण्डीङ्ख लगायतका सौन्दर्य सम्बन्धी सम्पुर्ण सुविधा रहेको र यसका साथै सौन्दर्य सम्बन्धी तालिम समेत दिने संचालक सरला बातीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्