सेवा विस्तार गर्दै एसवाई कम्पनी

१७ फागुन, काठमाडौं । एसवाई प्यानल नेपालले सेवा विस्तार गर्ने योजना अघि सारेको छ । घर निर्माणका सामाग्री उत्पादन गर्ने कम्पनीले सेवा विस्तार गर्ने योजना अघि सारेको हो । नेपालका लागि सामाग्री उत्पादन कम्पनी चितवनमा रहेको छ । भने, मुख्य कार्यालय कोरियामा हरेको छ । नेपाल, कोरिया लगायतका अन्य देशमा पनि यस कम्पनीले काम गर्दै आएको छ । भूकम्प प्रतिरोधी घर निर्माणमा एसवाईका सामाग्री निकै उपयोगी मानिएका छन् । यसकै सामाग्रीबाट अहिले नेपालमा हजारौं घर निर्माण भइसकेका छन् । जसको प्रभावकारीता पनि बढ्दै गएको कम्पनीले जनाएको छ । काम्पनीका पदाधिकारी तथा कर्मचारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेका छन् । विदेशी लगानी भित्र्याउनका लागि सहजीकारण गरिदिन भन्दै प्रधानमन्त्रीलाई भेटेको बताइएको छ । योसँगै नेपालमा सेवा विस्तार र आयात हुने सामानमा कर घटाउने विषयमा पनि प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले पनि यसमा सहयोग गर्ने जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्