बालबाटिका स्कूलको १२ औं अभिभावक दिवस सम्पन्न

२० फागुन, काठमाडौं । काठमाडौंमा रहेको बालबाटिका स्कूलको १२ औं अभिभावक दिवस सफलता पूर्वक सम्पन्न भएको छ । शुभश्री ब्याङ्कटमा आयोजित एक भब्य समारोहका बिच सम्पन्न अभिभावक दिवस कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष नवराज पराजुली प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष पराजुलीले निकै मेहेनत र परिश्रमका साथ आर्जन गरेको शिक्षालाई आफ्नै देशमा लगानी गर्न सम्पूर्ण विधार्थीहरुमा आग्रह गर्नुभयो । यसका लागि राज्यले पनि आफ्नो देशको युवा शाक्तिलाई स्वदेशमै राख्नका लागि सही निति र योजना ल्याउनुपर्ने उहाँको भनाई छ । यस्तै बालबाटिका स्कूलका प्रिन्सिपल रोशन सिंहले बिधार्थीहरुको वृद्धिविकासका लागि आफुहरुले बिधार्थीलाई पढाइमा मात्रै नभएर अन्य अतिरिक्त कृयकलापमा पनि जोड दिइरहेको बताउनुभयो । उहाले हरेक बर्ष अभिभावक दिवसमा अभिभावकहरुलाई बोलाएर उहाँका नानीबाबुको प्रतिभाहरुलाई देखाउने गरिएको बताउनुभयो । अभिभावक दिवसमा विधार्थीहरुले आफु भित्र रहेका प्रतिभाहरुलाई सबैको सामु खुलेर राख्ने र त्यसवाट उनीहरुलाई थप प्रेरणा समेत मिलिरहेको उहाले बताउनु्भयो । २०६७ साल फागुनमा स्थापना भएको बालबाटिका स्कूलमा अहिले प्लस टु लेभल सम्म पढाइ भैरहेको र अब स्नातक र स्नातकोत्तर सम्मको पढाई संचालन गर्ने तयारी भैरहेको छ । सो बिधालयमा ४ सय भन्दा बढी विधार्थीहरु अध्यनरत रहेका छन् भने ८२ जना शिक्षक शिक्षका र कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.