आईपीएल क्रिकेटमा लखनउसँग राजस्थान १० रनले पराजित

७ बैशाख, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले हरायो । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो । उसका लागि यशस्वी जयसवालले ४४ र जस बटलरले ४० रन बनाए ।बलिङतर्फ लखनउका आवेश खानले ३ र मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउका केल मेयर्सले ५१ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ राजस्थानका रविचन्द्रन आश्वीनले २ विकेट लिए । दुवै टोलीको ६ खेलमा समान ८ अङ्क भए पनि रनरेटका आधारमा राजस्थान पहिलो र लखनउ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.