एसीसी प्रिमियर कपमा मलेसियाको पहिलो जित
७ बैशाख, काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हो । साउदी अरेबियाले दिएको एक सय ५४ रनको मध्यम लक्ष्य मलेसियाले २१ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । उसका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए । साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको साउदी अरेबिया ४६ ओभर २ बलमा १ सय ५३ रन बनाउँदा अलआउट भए । उसका हसीब गफूरले ४० र अब्दुल वहीदले ३६ रन बनाए । मलेसियाका खिजर हयातले तीन तथा मुहम्मद वकिफ, रिजवान हैदर र अनवार रहमानले दुईरदुई विकेट लिए । यो जितसँगै समूह ुएु मा रहेको मलेसियाले दुई अङ्क जोडेको छ । मलेसिया पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । एसीसी प्रिमियर कपको समूह ुएु मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
प्रतिक्रिया राख्नुहोस्