उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा, ढुक्क भएर मतदान गर्न आयोगको अपील

९ बैशाख, काठमाडौं । आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफूले छानेका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरेको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । बारा क्षेत्र नम्बर २ चितवन २ र तनुहँमा उपनिर्वाचन हुने लागेको हो । सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन साम्रगी र कर्मचारी पुगिसकेको आयोगले जनाएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचन भएपछि तुनुहँ, उपराष्ट्रपतिमा रामसाय प्रसाद यादव निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुन लागेको हो । यस्तै रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि चितवन २ मा पनि मतदान हुन लागेको हो । तनहुँ–१ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.